इराकका प्रधानमन्त्री कदीमीको निवासमा ड्रोन हमला

एजेन्सी । इराकका प्रधानमन्त्री मुस्तफा अल कदीमीको आधिकारिक निवासमा आइतबार बिहान विस्फोट पदार्थसहितको ड्रोन हमला गरिएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार आइतबार बिहान गरिएको हमलामा प्रधानमन्त्रीको निवासलाई लक्षित गरिएको हो ।

इराकी सेनाले प्रधानमन्त्रीको हत्या गर्ने उद्देश्यसहित हमला गरिएको थियो तर उनी सुरक्षित रहेको जानकारी दिएको छ । सेनाद्वारा जारी विज्ञप्तिमा हमला इराकको राजधानी बगदादको ग्रीन जोन क्षेत्रमा भएको थियो । योभन्दा थप जानकारी उपलब्ध गराइएको छैन । सरकारका दुई अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले प्रधानमन्त्रीको निवासमा कम्तीमा एउटा विस्फोट भएको थियो । उनीहरूले पनि प्रधानमन्त्री सुरक्षित रहेको पुष्टि गरेका छन् ।

प्रधानमन्त्री अल कदीमीले आफ्नो आधिकारिक ट्वीटर अकाउन्टबाट आफूलाई सुरक्षित बताउँदै शान्ति कायम राख्न अपिल गरेका छन् । हालसम्म कुनै पनि संगठनले आक्रमणको जिम्मेवारी दिएको छैन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति