सप्तरीमा गस्तीमा गएका प्रहरीकै मोटरसाइकल चोरी


सप्तरी, २१ कार्तिक । सप्तरीमा गस्तीमा गएका प्रहरीकै मोटरसाइकल चोरी भएको छ । बोदेबर्साइन नगरपालिका–८ बैरियाही टोलबाट शुक्रबार साँझ प्रहरीको मोटरसाइकल चोरी भएको हो ।इलाका प्रहरी कार्यालय बोदे बर्साइनबाट दुई जना प्रहरी सवार भएर गस्तीमा गएको बा २ प ५६६१ नम्बरको मोटरसाइकल बैरियाहीबाट चोरी भएको हो ।बैरियाहीमा आयोजित सांस्कृतिक कार्यक्रममा सुरक्षा दिन प्रहरी सहायक निरीक्षक (असई) दिलीप सिंहको नेतृत्वमा दुई जना प्रहरी खटिएका थिए । मोटरसाइकल पार्किङ गरी प्रहरी कार्यक्रमस्थलमा घुमिरहँदा मोटरसाइकल चोरी भएको हो । जिल्ला प्रहरी कार्यालय, राजविराजका निमित्त सूचना अधिकृत प्रहरी निरीक्षक उदय द्विवेदीले मोटरसाइकल हराएको पुष्टि गरे । उनले गस्तीमा जाँदा मोटरसाइकल हराएको र खोजबिन भइरहेको बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति