अमेरिकाको टेक्सासमा संगीत महोत्सवमा भागदौड मच्चिँदा ८ जनाको मृत्यु

काठमाडौं, २० कात्तिक, । अमेरिकाको टेक्सासमा संगीत महोत्सवमा भागदौड मच्चिँदा ८ जनाको मृत्यु भएको छ । घटनामा ३ सय जनाभन्दा बढी घाइते भएका छन् ।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार टेक्सासको हस्टन शहरमा गएराति भएको संगीत महोत्सवमा केही व्यक्ति स्टेजतर्फ अगाडि बढ्न खोज्दा भागदौड मच्चिएको थियो ।

भागदौडका क्रममा ११ जनालाई हृदयघात भएर अस्पताल लगिएको र उनीहरुमध्ये ८ जनाको उपचारको क्रममा मृत्यु भएको जनाइएको छ । कार्यक्रम हेर्न करिब ५० हजार जना दर्शक उपस्थित रहेको अनुमान छ ।हस्टनका अग्नि प्रमुख सैमुअल पेनाले भने, ‘भीड विस्तारै स्टेजतर्फ बढ्न थाल्यो, जसका कारण दर्शकहरु डराउन थाले ।’ दर्शकहरु डराएर भाग्न थाल्दा उक्त घटना भएको उनको भनाइ छ ।भागदौडको घटनापछि उक्त संगीत महोत्सव रोकिएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति