ललितपुरमा ग्यास सिलिन्डर विस्फोट, चार जनाको मृत्यु

काठमाडौं, १९ कार्तिक । ललितपुरको मंगलबजारमा शुक्रबार ग्यास सिलिन्डर विस्फोट हुँदा चार जनाको ज्यान गएको छ । विस्फोटमा परी अन्य दुई जना घाइते भएका छन् । मंगलबजारस्थित प्रहरी प्रभागका इन्चार्ज प्रहरी निरीक्षक रामकृष्ण श्रेष्ठले ग्यास सिलिन्डर विस्फोट हुँदा स्थानीय लक्ष्मीकृष्ण ताम्राकार, अञ्जना ताम्राकार, रत्ना ताम्राकार र उनका छोराको मृत्यु भएको बताएका छन् । घटनामा थप दुई घाइतेका भएका छन् । घाइतेको पहिचान हुनसकेको छैन । घटनाको थप विवरण आउन बाँकी छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति