जाजरकोटको रिठेखोलामा मिनीट्रक दुर्घटना, दुईको मृत्यु ७ घाइते

जाजरकोट, १९ कार्तिक । बिहीबार बेलुकी ११ बजे सुर्खेतदेखि जुनिचाँदे जाँदै गरेको बा ५ ख २५०१ नम्बरको मिनीट्रक जाजरकोटको रिठेखोला बाबिया टाकुरामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। घटनामा परी ७ जना घाइते भएका छन् भने एक जना बेपत्ता छन्

खोलामा परेर एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ। दश जना सवारी उक्त गाडीमा ठेगाना नखुलेको दिलबहादुर शाही, नाम नखुलेको एक शव र एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ।

घाइतेमा आसिका खड्का, करिश्मा रावत, जुनिचाँदेका दीपकबहादुर शाही, धनबहादुर रावत, नवीन सिंह र निराजन खड्का छन्। घाइते धनबहादुर चालक रहेका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति