अब माओवादी जागेर शक्तिमा फर्किन्छ : प्रचण्ड

काठमाडौं, १८ कार्तिक ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी फेरि जाग्ने दाबी गरेका छन्। नेवा राष्ट्रिय मुक्ति मोर्चाले बिहीबार नेपाल संवतका अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्। केही वर्षदेखि माओवादी शिथिल देखिएकाले प्रतिक्रियावादीहरुले टाउको उठाउने मौका पाएको बताउँदै उनले फेरि माओवादी जागेर शक्तिमा फर्किने जिकिर गरे। ‘माओवादी जाग्न खोज्दै छ।

हामीले फेरि एकपटक उत्पीडितका मुद्दा र समाजवादी क्रान्तिको रणनीतिको मुद्दा लागु गर्न क्रान्तिकारी पार्टी बनाउन जस्तोसुकै आन्दोलन गर्न संकल्प गर्नुपर्छु, उनले भने,माओवादी केही वर्षयता केही शिथिल जस्तो देखिएकाले प्रतिक्रियावादीले टाउको उठाएका छन्। षड्यन्त्र सकिएको छैन। माओवादी फेरि जाग्नेछ।’उनले देशका ६ वटा प्रदेश गठबन्धनको सरकार बनाउन ठूलो दुःख गर्नुपरेको बताए।

‘जति सेटिङ भए पनि मिलेर आन्दोलनमा जाँदा जित जनताकै हुँदो रहेछु, उनले भने, ६ वटै प्रदेश सरकार गठबन्धनकै हातमा आइपुगेको छ। यो सानो दु खले आएको होइन।’माओवादीलाई क्रान्तिकारी पार्टी बनाइ छाड्ने सङ्कल्पलाई पूरा गर्नुपर्ने दाहालले बताए।

विचारधारात्मक प्रश्नमा जति छलफल भनेजति प्रशिक्षण नहुँदा माओवादीमा वैचारिक संकट आएको उनले बताए। तपाईँहरुले हिजो अस्तिका भाषण सुन्नु भएकै होला। उनको टार्गेटमा माओवादी रहेनछ, प्रचण्ड रहेछन्, ओलीको नाम उच्चारण नलिइ उनले भनेका छन्, प्रतिगामीहरु जसरी भए पनि प्रचण्ड सक्ने अभियानमा छन्। अहिले सबै मिलेर प्रचण्डलाई हराउन लागेका छन्। व्यक्तिगत हारजितको कुरा भएन। अन्तिसम्म लडिरहन्छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति