रवीन्द्र मिश्रलाई बहुमत, विवेकशील साझा निर्वाचन आयोगमा अद्यावधिक

काठमाडौं, १८ कार्तिक ।  रवीन्द्र मिश्रले नेतृत्व गरेको विवेकशील साझा पार्टीले बहुमत प्राप्त गरेको छ । मिश्रको नेतृत्वमा बसेको केन्द्रीय समिति बैठकले कायम गरेको एक सय २४ सदस्यीयलाई निर्वाचन आयोगले स्वीकार गरेको हो । मिश्रले विधानसमेत संशोधन गरेर केन्द्रीय समिति हरेफेर गरेका थिए, जुन विवरण निर्वाचन आयोगमा अद्यावधिक भएको छ ।

पार्टीका प्रवक्ता शरदराज पाठकका अनुसार आयोगले बुधबार पत्र पठाएर विवरण अद्यावधिकबारे जानकारी गराएको हो । मिलन पाण्डे समूहले भने यो निर्णय अस्वीकार गरेको छ ।

विवेकशील र साझा पार्टीबीच एकता गर्दा बनेको विधानमा केन्द्रीय समितिको बैठक अध्यक्ष मिश्र र संयोजक पाण्डेको सहमतिमा मात्र बस्ने उल्लेख थियो । तर, मिश्रले विधान संशोधन गरेर यो अधिकार अध्यक्षलाई मात्र दिएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति