एमालेमा पछुताउँदै बस्नु पर्दैन, पार्टीमा स्वागत छ : अध्यक्ष नेपाल


काठमाडौं, १८ कार्तिक । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी चुनावमा पाँच दलीय गठबन्धन अझ बलियो हुने बताएका छन्।

नेकपा (एकीकृत समाजवादी) मध्यपुरथिमि नगर संगठन कमिटीले आज मध्यपुर थिमिस्थित बालकुमारीमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले पाँच दलीय गठबन्धनलाई कसैले भत्काउन नसक्ने बताए।

अध्यक्ष नेपालले संघीय संसदको चुनाव संविधानले निर्धारण गरेका मितिमा हुने जनाउँदै भने,कोही भ्रममा नपरे हुन्छ, अर्लि इलेक्सन हुँदैन, छिट्टै चुनाव हुनेवाला छैन, संघीय संसदको चुनाव आफ्नै समयमा हुनेछ, आगामी चैतमा स्थानीय तहको चुनाव हुनेछ, अब केही समयमा राष्ट्रिय सभाको चुनाव हुन्छ, रिक्त स्थानमा संघीय उपनिर्वाचन पनि अब हुन्छ।

उनले एमालेमा रहेका पार्टी कार्यकर्तालाई आफ्नो पार्टीमा आउन आह्वान गर्दै उनीहरूलाई जतिखेर आए पनि आफ्नो पार्टीमा ढोका खुला रहेको बताए।

अध्यक्ष नेपालले भने, –एमालेमा बसेर पछुताइरहनुभएको, तपाईंहरूले त्यहाँ हेर्नुभयो, भोग्नुभयो, छाम्नुभयो, पीडा सहनुभयो, अब त फर्केर आए पनि हुन्छ, त्यहाँ अपमान, निन्दा, पीडा सहेर किन बसेको, एमालेमा पछुताउँदै बस्नु पर्दैन, अझै केही बिग्रिएको छैन, आउनुस् १० नेतालाई हाम्रो पार्टीमा ढोका खुला छ, स्वागत छ।

अध्यक्ष नेपालले आफूहरूसँग कसैले टक्कर लिन्छ भने त्यो टुक्रा–टुक्रा हुन्छ भन्दै अहंकार अब धेरै दिन नटिक्ने बताए।

उनले भने, देशव्यापीपमा आफ्नो पार्टीमा आउनेको लहर बढेको छ। निर्वाचनको मैदानमा हामी जित्नेछौं, टक्कर लिनेहरूको हालत खत्तम बनाउने छौं।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति