काठमाडौं, १८ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवा स्कटल्याण्डको ग्लास्गोमा भएको जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन ९कोप–२६० मा भाग लिई आज बिहान स्वदेश फर्किंदै छन् ।यही नोभेम्बर १ र २ मा आयोजित सम्मेलनमा २० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी यही कात्तिक १२ गते लण्डन गएका थिए ।
प्रधानमन्त्री नेतृत्वको टोली बुधबार स्थानीय समय दिउँसो १।५५ बजे इडेनवर्गबाट कतार एयरवेजको उडानबाट दोहा हुँदै नेपाल प्रस्थान गरेका थिए । उनी आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा अवतरण गर्नेछन् ।वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव कोप–२६ मा सहभागी रहेकाले उनी बाहेक भ्रमण टोलीमा रहेका अन्य सदस्यहरु स्वदेश फर्किएका छन् ।पाँचौंपटक प्रधानमन्त्री भएपछि प्रधानमन्त्री देउवाको यो पहिलो विदेश भ्रमण हो ।
प्रधानमन्त्री देउवाले नोभेम्बर १ मा कोप–२६ को औपचारिक उदघाटन समारोहमा सहभागी भई वल्ड लिडर समिटलाई सम्बोधन गरेका थिए । प्रधानमन्त्री देउवाले भ्रमणका क्रममा विभिन्न राष्ट्र र सरकार प्रमुख तथा अन्य विशिष्ट व्यक्तिसँग द्विपक्षीय भेटवार्ता पनि गरेका थिए ।स्वदेश फर्कनुअघि प्रधानमन्त्री देउवाले स्कटल्याण्डको इडेनवर्गस्थित रोयल बोटानिकल गार्डेन अवलोकन गर्नुका साथै त्यहाँ रहेको नेपाली बगैंचामा भोजपत्रको विरुवा रोपेका थिए ।
प्रतिक्रिया