अन्तर्राष्ट्रिय गठबन्धन लिफमा नेपालले पनि हस्ताक्षर गर्‍यो

ग्लास्गो, १७ कार्तिक । वन क्षेत्रमा लगानी वृद्धि गर्दै कार्बन उत्सर्जन र वन फँडानी रोक्ने उद्देश्यले गठित एक अन्तर्राष्ट्रिय गठबन्धन लिफमा नेपालले पनि हस्ताक्षर गरेको छ ।स्कटल्यान्डको ग्लास्गोमा भैरहेको राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२६) अन्तर्गत आयोजित कार्यक्रममा नेपालको तर्फबाट अर्थसचिव मधुकुमार मरासिनीले हस्ताक्षर गरेका हुन् ।सो अवसरमा अमेरिकी राष्ट्रपति जो बाइडेनका जलवायु विशेष दूत जोन केरी पनि उपस्थित थिए । नर्वे, अमेरिका र बेलायतले जलवायु लगानीसम्बन्धी अवधारणाको यो गठबन्धनको सुरुआत गरेका थिए ।वन क्षेत्रमा लगानी गर्दै कार्बन उत्सर्जन घटाउने यो गठबन्धनको उद्देश्य हो । कार्यक्रममा बोल्दै अर्थ सचिव मरासिनीले वन संरक्षण र व्यवस्थापनका लागि नेपालले सामुदायिक अभ्यास गरेको बताए ।नेपालले गरिरहेको वन व्यवस्थापन सम्बन्धी यो अभ्यासको अध्ययन र अवलोकनका लागि अर्थसचिवले दक्षिण(दक्षिण र दक्षिण-उत्तरी गोलाद्र्धका मुलुकहरुलाई नेपाल आउन आग्रह गरे ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति