प्रधानमन्त्री देउवाले बेलायती शाही बगैँचामा रोपे बिरुवा

काठमाडौं, १७ कार्तिक । जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप-२६) मा सहभागी हुन स्कटल्यान्डको ग्लास्गो पुगेका प्रधानमन्त्री शेरबहादुर देउवा यतिबेला संयुक्त अधिराज्य (बेलायत)मै छन् । सम्मेलनस्थलमै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतका अन्तर्राष्ट्रिय नेतासँग भेटघाट गरेको देउवा बुधबार स्कटल्यान्डको राजधानी एडिनब्र पुगे ।प्रधानमन्त्री देउवाले बुधबार एडिनब्रमा रहेको शाही बोटानिकल बगैँचाको भ्रमण गरे र त्यहाँ एउटा बिरुवा पनि रोप्‍न भ्याए । परराष्ट्र मन्त्रालयले बुधबार साँझ सामाजिक सञ्‍जालमा सार्वजनिक गरेको तस्बिरमा प्रधानमन्त्री देउवा बिरुवा रोप्दै र त्यसमा पानी हाल्दै गरेको देखिन्छन् । उनी बिहीबार नेपाल आइपुग्‍ने कार्यतालिका छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति