काठमाडौं, १७ कार्तिक । नेकपा एमालेले आफूबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीलाई आफ्नो १०औं महाविधेशनमा अतिथिका रूपमा नबोलाउने भएको छ। महाधिवेशनबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा एमालेका सचिव एवम् प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले पार्टीको १०औं महाधिवेशनमा अन्य राजनीतिक दललाई निमन्त्रणा गरिने तर माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई नडाकिने बताएका हुन्।
एमाले महाधिवशेनमा माधव नेपाललाई बोलाउने कि नबोलाउने भनेर पत्रकारले जिज्ञासा राख्दा भट्टराईले ‘अवैधानिक’, ‘पहिचान स्पष्ट नभएका’ पार्टीलाई नबोलाइने बताएका हुन्।
उनले भने, ‘कतिपय राजनीतिक दलको पहिचान स्पष्ट छैन। अवैध तरिकाबाट बनेका पार्टी छन्। अवैधानिक सम्बन्धबाट बनेका पार्टीलाई सहभागी गराइरहनु पर्दैन। अरू राजनीतिक दलहरू सहभागी हुन्छन्।’
एमालेले भन्यो – एकीकृत समाजवादी अवैधानिक हो, महाधिवेशनमा बोलाउँदैनौं
प्रतिक्रिया