सेयर बजारमा २३ अंकको बृद्धि

काठमाडौँ, १६ कार्तिक । मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । अघिल्लो दिन करिब १८ अंकले घटेको नेप्से मंगलबार २३.७६ अंकले बढेको हो । यो वृद्धिसँगै समग्र नेप्से २ हजार ८ सय ४३।६२ विन्दुमा पुगेको छ । अघिल्लो दिनको तुलनामा यो ०।८४ प्रतिशतले बढी हो ।

अघिल्ला ६ कारोबार दिनमा लगातार बढेको नेप्से सोमबार घटेको थियो । सोमबारको गिरावटलाई मंगलबारको वृद्धिले क्षतिपूर्ति गरेको छ । मंगलबार सुरुको अवस्थामा नेप्से घटेको थियो । मध्यान्‍नपछि बजारले सुधारको बाटो समातेको थियो । अन्यमा करिब सवा २४ अंकले बढेर बन्द भएको हो ।

मंगलबार करिब ६० हजार कारोबारबाट २ सय ३० वटा कम्पनीका ९९ लाख ७७ हजार ४ सय ८३ कित्ता सेयर किनबेच भए । ती कारोबारबाट ६ अर्ब ७ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएका थिए । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो ।सोमबार ८० हजार ३ सय ५१ कारोबारबाट २ सय २६ कम्पनीका १ करोड ३४ लाख ३ हजार ३ सय १२ कित्ता सेयर किनबेच भएका थिए । ती किनबेचमा ७ अर्ब ७७ करोड ७५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति