उत्तर कोरियामाथिको प्रतिबन्ध हटाउदै रुस र चीन


काठमाडौँ, १६ कार्तिक । चीन र रुसले उत्तर कोरियामाथि लगाइएका प्रतिबन्ध खुकुलो पार्न भन्दै राष्ट्रसंघीय सुरक्षा परिषद्समक्ष प्रस्ताव पेश गर्ने तयारी गरेका छन् ।चीन र रुसले मूर्ति, सी फुड, कपडा निर्यातमा प्योङयाङमाथि लगाइएको प्रतिबन्ध हटाउन भन्दै सन् २०१९ मा तयार पारिएको प्रस्ताव सुरक्षा परिपद्समक्ष पुनस् पेश गर्न लागेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । नयाँ मस्यौदा प्रस्तावमा प्रशोधित पेट्रोलियम पदार्थ आयातमाथि लगाएको प्रतिबन्ध हटाउने विषय समेत उल्लेख गरिएको समाचारमा उल्लेख छ ।चीन र रुसले उत्तर कोरियाली जनताको जीविकोपार्जन सुधार्ने उद्देश्यसहित सुरक्षा परिषदले प्रतिबन्ध हटाउनुपर्ने प्रस्ताव गरेका छन् ।

त्यस्तै, चीन र रुसले पहिलो पटक दुई वर्षअघि प्रस्ताव गरेका विदेशमा काम गर्ने उत्तर कोरियालीमाथि लगाइएको प्रतिबन्ध हटाउनुपर्ने, अन्तर(कोरियाली रेल सेवा तथा संयुक्त सडक परियोजनालाई प्रतिबन्धबाट छुट दिनुपर्ने लगायतका विषय समावेश गरिएको छ ।उत्तर कोरियाले आफ्नो आणविक तथा ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रमलाई लिएर सन् २००६ देखि राष्ट्रसंघको प्रतिबन्ध सामना गर्दै आएको छ ।चीन र रुसले आफ्नो प्रस्तावमाथि छलफल गर्ने समय तय गरिसकेका छैनन् ।

राष्ट्रसंघका कैयौं कुटनीतिज्ञहरूले नाम गोप्य राख्ने शर्तमा पुनस् पेश गर्न लागिएको मस्यौदा प्रस्तावले न्यून समर्थन प्राप्त गर्ने बताएको पनि समाचारमा जनाइएको छ ।सन् २०१९ मा चीन र रुसले आफ्नो मस्यौदा प्रस्तावबारे विभिन्न चरणमा अनौपचारिक छलफल गरेका थिए । तर सुरक्षा परिषदसमक्ष मतदानका लागि औपचारिक रुपमा उक्त प्रस्ताव पेश गरिएको थिएन । सुरक्षा परिषदसमक्ष पेश हुने कुनै पनि प्रस्ताव पारित हुन स्थायी सदस्य राष्ट्रले भिटो नलगाएको अवस्थामा ९ मत आवश्यक पर्छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति