टिपरको ठक्करबाट रुपन्देहीमा पैदलयात्रीको मृत्यु

बुटवल , १६ कात्तिक । टिपरको ठक्करले रुपन्देहीमा एक पैदलयात्रीको ज्यान गएको छ ।

तिलोत्तमाको शंकरनगरमा लु २ ख २२१६ नम्बरको टिपरले ठक्कर दिंदा तिलोत्तमा–३ सिता राइसमिल नजिकै बस्दै आएकी ७८ वर्षीया प्रेमकुमारी आचार्यको आज बिहान मृत्यु भएको हो । शंकरनगरस्थित सिद्धार्थ राजमार्गको जेब्रा क्रसिङबाट सडक पार गर्दै गरेकी आचार्यलाई ठक्कर दिएर टिपर फरार भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । ठक्कर दिने टिपर र चालकको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति