मोटरसाइकल दुर्घटना हुँदा दाङ देउखुरीमा एक युवकको मृत्यु

दाङ , १६ कात्तिक । दाङ देउखुरीको महदेवा–सिसहनिया जोड्ने पुलमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

गएराति रा १ प ६३४५ नम्बरको मोटरसाइकल गोबरडिहाबाट सिसहनियातर्फ गइरहेको बेला अनियन्त्रित भएर पल्टिंदा घाइते भएर नाजुक अवस्थामा उपचारका लागि अस्पताल पु¥याउदा गढवा गाउँपालिका–२ घुस्रा निवासी २१ वर्षीय समिर चौधरीको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति