प्रधानन्यायाधीशको नयाँ प्रस्ताव, अब न्यायाधीशहरूले पुनः कुनै पनि मुद्दा नहेर्ने

काठमाडौं, १६ कात्तिक– प्रधानन्यायाधीश चोलन्द्र शमशेर जबराले न्यायाधीशहरुसमक्ष गरेको नयाँ प्रस्तावले दुई पक्षबीच फेरि दुरी बढाएको छ ।
प्रधानन्यायाधीशले ‘ग्रेसफूल एक्जिट’ को सङ्केत गरेपछि बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्न तयार भएका न्यायाधीशहरूले पुनः कुनै पनि मुद्दा नहेर्ने भएका हुन् ।
सोमबार दुवै पक्ष केही लचक देखिएपछि मंगलबार बन्दी प्रत्यक्षीकरणका ६ वटा इजलास तोकिएको थियो । जबराले आफूलाई भने इजलासमा राखेका थिएनन् ।तर, मंगलबार जबराले पठाएको नयाँ प्रस्तावको बारेमा छलफल गर्न बसेको न्यायाधीशहरूको बैठकमा अब कुनै पनि मुद्दा नहेर्ने सहमति भएको स्रोतले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति