काठमाडौं । न्यायाधीश र कानुन व्यवसायीको विरोधका कारण प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा आफूले आज पनि मुद्दाको सुनुवाइ नगर्ने भएका छन्।नेपाल बार एसोसियसन र न्यायाधीशहरूले प्रधानन्यायाधीशलाई विवाद समाधान नभएसम्म मुद्दाको सुनुवाइ नगर्न माग गरेका थिए ।
प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म मुद्दा नहेर्ने भन्दै इजलाश बहिस्कार गरेका अन्य न्यायाधीशहरूले सोमबारबाट मुद्धाको सुनुवाई गर्न थालेका हुन् । न्यायाधीश मीरा खड्का र हरिकृष्ण कार्कीको इजलासमा बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा पनि प्रन्या राणाले चडाइदिएका छन् ।
मंगलबारका अरू ५ वटा इजलासलाई भने एक एकवटा बन्दी प्रत्यक्षीकरणका मुद्दा सुनुवाइका लागि पेसी तोकिएको छ। तर खड्का र कार्कीको इजलासमा एउटा बन्दी प्रत्यक्षीकरण र ४ वटा बैंकिङ कसुरका रिट निवेदन राखिएका हुन्। ती मुद्धा अत्यन्त जसरुरी महत्वका समेत भएकोस सर्वोच्च प्रशासनले जनाएको छ।
यसअघि सोमबार सबै इजलासमा बन्दी प्रत्यक्षीकरणका रिट निवेदनमा मात्रै पेसी तोकिएको थियो। सबै इजलासले सुनुवाइ गरेका थिए।
प्रधानन्यायधिश राणा र अन्य न्यायधिशका बीचमा समस्या समाधानका लागि छलफल चलिरहेको छ । नेपाल बार एशोसशिएशनले भने आज तेस्रो् दिन पनि र्सोच्च परिसरमा एक घण्टा धर्ना दिंदै प्रन्या राणाको राजीनामा मागेको छ । सर्वोच्च स्रोतका अनुसार बार पदाधिकारीससंग न्यायधिशहरु प्रकाशमान सिंह राउत, हरिकृष्ण कार्की, दिपक कार्की र मीरा खड्काले प्रन्याको राजिनामा गराउन लविंग गरिरहेका छन् ।
प्रतिक्रिया