अमेरिकाको एक सहरमा पानी विषालु बन्यो

अमेरिका, १५ कार्तिक । अमेरिकाको मिशिगन राज्यका अधिकारीले केही साताअघि एक आपतकालीन घोषणा गर्दै बेन्टन हार्बर सहरका मानिसलाई अत्यधिक मात्रामा लिड पानीमा पाइएकोले घरको धारामा आउने पानीको प्रयोग खाना बनाउन, तरकारी धुन र दाँत माझ्नका लागि पनि नगर्न सुझाव दिएको छ ।

पछिल्लो तीन सातादेखि बेन्टन हार्बरमा यस्तो अवस्था देखिएको छ । सन् २०१८ मा गरिएको जाँचमा उक्त सहरको पानीमा प्रति एक अर्बमा २२ पार्टस् लिडको मात्रा देखिएको, यस वर्ष एक अर्बमा २४ पार्टस् पुगेको साथै केही घरको पानीमा भने लिडको मात्रा प्रति एक अर्ब पार्टस्मा ४०० देखि ५०० सम्म पनि देखिएको छ । लिडको मात्रामा प्रति एक अर्बमा १५ भन्दा धेरै हुनुलाई असामान्य मानिन्छ।

बेन्टन हार्बर सहरको धारामा आउने पानीमा यति धेरै लिड देखिनुको कारण पानी ल्याइएको पाइप निकै पुरानो रहेको अधिकारीहरुले बताएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति