काठमाडौं, १५ कात्तिक । सर्वोच्च अदालतमा आन्दोलनरत न्यायाधीशहरु एक सातापछि इजालसमा फर्किएका छन्।गत आइतवारदेखि आन्दोलनरत न्यायाधीशहरुले इजलास बहिष्कार गरेको एक सातापछि फर्किएर मुद्दाको सुनुवाइ गरेका हुन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलनमा उत्रिएका न्यायाधीशहरुले इजलासमा फर्किएर बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गरेका हुन्। सोमबारका लागि प्रधानन्यायाधीश जबराले तोकेको कुमार रेग्मीको एकल इजलासले एउटा बन्दी प्रत्यक्षीकरण मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ।त्यसैगरी अहिले विश्वम्भरप्रसाद श्रेष्ठ हरि फुयाँलको इजालसमा पनि सुनुवाइ चलिरहेको छ।
जबराले आइतवार न्यायाधीशहरुलाई काममा फर्किएर मुद्दाहरुको सुनुवाइ अघि बढाउन प्रस्ताव गरेका थिए। जबराले आइतवार उक्त प्रस्ताव गरे पनि सोमबारका लागि ६ वटा इजलासमा १र१ वटा बन्दीप्रत्यक्षीकरणका रिट मात्रै सुनुवाइका लागि पेसी चढाइएको थियो। अन्य ३ सय ५३ मुद्दा स्थगित गरिएको छ। गत सोमबारदेखि सुनुवाइ स्थगित हुँदा आन्दोलनरत न्यायाधीहरुमाथि इजलासमा फर्किन दबाब बढिरहेको थियो।
प्रतिक्रिया