लोक सेवाले मागेको थियो ३ उपसचिव, परीक्षा दिएका दुबैजना भए फेल

काठमाडौं, १५ कार्तिक । लोक सेवा आयोगले लिएको उपसचिव पदको परीक्षामा कुनै पनि उम्मेदवार पास भएनन्। परीक्षामा दुई जना उम्मेदवार सहभागी रहे पनि कोही पनि पास भएनन्।आयोगले गत भदौ ८ र १८ मा परीक्षा लिएको थियो। संघीय संसदको तीन उपसचिव पदका लागि दरखास्त खुलेकोमा जम्मा दुई जनाले मात्रै दरखास्त दिएका थिए। तीमध्ये कोही पनि अन्तर्वार्ताका लागि छनौट भएनन्।आयोगको लिखित परीक्षा नतिजा प्रकाशन शाखाका अनुसार कुनै पनि उम्मेदवार पास हुन सकेनन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति