ओलीले गणतन्त्र अन्त्य गराउन पूर्वराजा ज्ञानेन्द्रका मान्छेसँग साँगठगाँठ गरेका छन् – अध्यक्ष प्रचण्ड

काठमाडौं, १५ कार्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्र अन्त्य गराउन पूर्वराजा ज्ञानेन्द्र शाहका मान्छेसँग साँगठगाँठ गरिरहेको आरोप लगाएका छन्। सोमबार काठमाडौंको कीर्तिपुरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले एमाले अध्यक्ष ओलीले पूर्वराजा ज्ञानेन्द्रका केही मान्छेसँग भेटेर आफूलाई गणतन्त्र पटक्कै मन नपरेको र यसलाई अन्त्य गराउने उपायको खोजीमा रहेको बताएको दाबी गरेका हुन्। ‘केपी ओलीले ज्ञानेन्द्रका मान्छेसँग भेटेर भने रे, मलाई यो गणतन्त्र मनै परेको छैन, यसलाई कसरी अन्त्य गराउने होला भनेर भनेको भन्ने मैले सुनेँ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति