५० रुपैयाँमै सर्वसाधारणका लागि साधारण शेयर निष्काशन प्रक्रिया शुरु

काठमाडौं, १४ कात्तिक । हाथवे इन्भेष्टमेन्ट नेपालले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन प्रक्रिया शुरु गरेको छ । कम्पनीले १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको २९ लाख २५ हजार कित्ता आईपीओ जारी गर्न प्रक्रिया शुरु गरेको हो ।
आइतबार कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । आइतबार कम्पनी र क्यापिटलबीच सम्झौता पत्रमा हस्ताक्षर समेत भएको हो ।सम्झौतमा उल्लेख भए अनुसार हाथठवेले प्रतिकित्ता ५० रुपैयाँका दरले नै सर्वसाधारणका लागि आईपीओ जारी गर्नेछ ।आइतबार हाथवे इन्भेष्टमेन्टको तर्फबाट अध्यक्ष योगेश्वर शर्मा ढकाल र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति