नेपालको आकाशमा निकै बेर फन्को मारेपछि कतार एयरवेजको जहाज किन कोलकाता ‘डाइभर्ट’ भयो ? कारण यस्तो

काठमाडौं, १४ कार्तिक । आइतबार अपरान्ह सवा तीन बजे काठमाडौं विमानस्थलमा अवतरण हुनुपर्ने कतार एयरवेजको जहाज कोलकाता ‘डाइभर्ट’ भएको छ ।यो जहाजले नेपालको आकाशमा निकै बेर फन्को मारेपछि काठमाडौं विमानस्थलमा अवतरण हुन सकेन । त्यसपछि उसलाई कोलकाता ‘डाइभर्ट’ गरिएको हो ।यस्तो अवस्था आउनुमा सो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र यस आसपासमा तीब्र गतिको हावा भएको विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले जानकारी दिए ।ठूलो लोड बोकेर आएको जहाजलाई तीब्र गतिमा हावा चलेका बेला अवतरण गर्दा जहाज अगाडि हुत्तिने सम्भावना हुने उनले जानकारी दिए ।सोही कारण जोखिम नलिई कोलकता डाइभर्ट गरिएको हो । सो जहाज आजै काठमाडौं आउने समेत उनले जानकारी दिए । क्यूआर ६४६ उडान नम्बर भएको जहाज कोलकता डाइभर्ट भएको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति