सुर्खेत , १४ कात्तिक । प्रहरीले ६५० मिलिग्रामब्राउन सुगरसहिततीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमावीरेन्द्रनगर नगरपालिका–८ सुकुमबासी टोलका १८ वर्षीय गणेश बि.सी, सोहीनगरपालिका–२ जयपुर बस्ने २७वर्षका दीपेन्द्र रोकाय (दुर्गे ) र २३ वर्षीय बखत बि.क. रहेका छन् । ब्राउन सुगरसहितचार हजार ४८० रुपैयाँनगद समेत उनीशरुबाट प्रहरीले बरामद गरेकोे छ । लागूऔषधको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमाजिल्लाप्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले उनीहरूलाईआफ्नो नियन्त्रणमा लिएको हो । थप अनुसन्धानकोलागिअहिले उनीहरुलाई जिल्लाप्रहरी कार्यालयमा राखिएकोप्रहरीले जनाएको छ ।
ब्राउन सुगरसहित सुर्खेतबाट ३ जनापक्राउ
प्रतिक्रिया