व्यवसायी किसान भेलाबाट कार्यसमिति गठन

बलेवा, १४ कात्तिक । बागलुङका बीउ व्यवसायी किसानको भेलाले निर्मला जिसी पन्तको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको छ । सङ्घकोे उपाध्यक्षमा बाबुराम शर्मा, सचिवमा कृष्णप्रसाद गौतम र कोषाध्यक्षमा गङ्गाराना मगर तथा सदस्यहरुमा टोपबहादुर खड्का, डिल्लीप्रसाद गौतम दिलबहादुर कुमाल, गोमा थापा बुढा, प्रेमबहादुर क्षेत्री नारायणबहादुर खत्री र रविन खड्का चयन भएका छन् ।

भेला शुभारम्भ गर्दै कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले बिउ उत्पादन गर्ने किसानलाई ५० प्रतिशत अनुदानको व्यवस्था रहेको बताए । कृषिबाट प्रदान हुने सेवा सुविधा सबै किसानले पाउनुपर्नेमा उनले जोड दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति