न्यायालयबाट शुद्धीकरणको सुरूआत – पूर्वसभामुख दमननाथ


काठमाडौं । पूर्वसभामुख एवम् वरिष्ठ अधिवक्ता दमननाथ ढुंगानाले राज्यका हरेक अंग बिटुलिन थालेको भन्दै त्यसको शुद्धीकरणका लागि आन्दोलनमा होमिएको बताएका छन् ।

यो आन्दोलन न्यायालयमा शुद्धीकरणका लागि भएको उनको भनाइ छ ।‘यो शुद्धीकरण अभियान हो,’ ढुंगानाले भने, ‘न्यायालयमात्रै होइन संविधानले व्यवस्था गरेका हरेक अंगहरू बिटुलिन थालेका छन् । यसको शुद्धीकरणको सुरूआत न्यालयबाट सुरू गरेका छौं ।’त्यस्तै सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले यो आन्दोलन न्यायालयको शुद्धीकरणका लागि भएको बताए ।

‘यो आन्दोलन फिर्ता हुँदैन,’ शाक्यले भने, ‘यो प्रधानन्यायाधीशविरूद्ध मात्रै होइन । यो न्यायालयको सुधारका लागि हो । न्यायपालिकाप्रति जनआस्था बढाउन र राज्यका अंगहरूबीच शक्ति सन्तुलनलाई कायम गरू संविधान बर्करार राख्न हामीले आन्दोलन गर्नु परेको हो ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति