राष्ट्रिय वाणिज्य बैंकमा खुल्यो ८ सय बढीलाई जागिर(सूचनासहित)


काठमाडौं, १४ कात्तिक । लोक सेवा आयोगले राष्ट्रिय वाणिज्य बैंकका लागि आठ सयभन्दा बढी संख्यामा आवेदन खुलाएको छ।
आयोगले वरिष्ठ प्रबन्धकसहित विभिन्न पदमा आठ सय ३५ जना माग गर्दै आज आवेदन खुला गरेको हो।अनलाइन आवेदन सोमबारदेखि भर्न सकिन्छ। २ जना वरिष्ठ प्रबन्धक, ८ जना प्रबन्धक र १८ जना उपप्रबन्धकलगायत विभिन्न पदमा गरी कूल आठ सय ३५ जना माग भएको हो।यसबारे विस्तृत सूचना आजको गोरखापत्रमा आयोगले निकालेको छ। लिखित परीक्षा भने आयोगले सञ्चालन गर्नेछ। परीक्षा केन्द्रबारे पछि जानकारी दिइने सूचनामा उल्लेख छ। अधिकृतस्तरको परीक्षा आयोगले तोकेअनुसार काठमाडौंमा र सहायक स्तरको परीक्षा आयोगका सम्बन्धित कार्यालयबाट प्रदेशहरूमै हुनेछ। मंसिर ५ गतेभित्र फाराम भरिसक्नुपर्नेछ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति