कांग्रेस एक्लै चुनाव लड्छ, कोहीसँग टाँसिन चाहन्न – गगन थापा

नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको समूहले आयोजना गरेको कार्यक्रममा युवा नेता गगन थापा उपस्थित भएका छन्।
गौशालास्थित सिटौलाको सम्पर्क कार्यालयमा शनिबार आयोजित विजयादशमी, दीपावली तथा छठ पर्वको शुभकामना आदान(प्रदान कार्यक्रममा नी उपस्थित भएका हुन्। अघिल्लो पटक सिटौला समूहबाट महामन्त्रीका उम्मेदवार थापा पछिल्लो समयमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहमा खुल्दै गएका थिए।

गत असोज २० गते सिटौलाले राखेको समूहको बैठकमा उपस्थित नभएर उनले पौडेल समूहतिर लागेको थप स्पष्ट संकेत गरेका थिए। पार्टीको जारी अधिवेशनबारे छलफल गर्न जमलको एक होटलमा सिटौलाले बैठकमा नगएर नेता थापा अर्को भेटघाटमा ब्यस्त थिए।सिटौला समूहका नेताहरुसँग छलफलमा रहँदा उनी चाक्सीबारीमा प्रकाशमान सिंह, सांसद राजन कुमार केसी, संविधानसभा सदस्य दिपक कुईंकेल, कांग्रेस काठमाडौंका सभापति कृष्ण सबुज बानियाँसँग थिए। शनिबारको कार्यक्रममा भने उपस्थित भएर नेता थापाले सिटौलाकै नेतृत्वमा फेरि पार्टीको नेतृत्व परिवर्तनका लागि उपयुक्त निर्णय गरिनेमा आफू आशावादी रहेको अभिव्यक्ति दिएका छन्। ‘अघिल्लो पटक जसरी आदरणीय नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वमा हामी एकजुट भएर पार्टीभित्र बदलावको प्रयास गर्यौं। एउटा अभ्यास गर्यौं। एउटा प्रयत्न गर्यौं। ४/५ वर्ष हेर्यौँ,’ उनले भने, ‘आजका दिनमा कांग्रेसको आवश्यकता महसुस गरेर नेतृत्वबारे के गर्दा हुन्छ भन्ने कुरालाई पनि विश्लेषण गरी कृष्ण दाइकै नेतृत्वमा पार्टीभित्र सही र उपयुक्त निर्णय गर्न एकैठाउँमा रहेर पुग्छौँ।’

नेता थापाले ‘अर्ली इलेक्सन’ कांग्रेसको चरित्र नभएको प्रष्ट्याए। ‘वैशाखमा स्थानीय चुनाव हुन्छ। मंसिरमा आमचुनाव हुन्छ। मैले बुझेको यति हो,’ थापाले भने, ‘कांग्रेस एक्लै चुनाव लड्छ। कोहीसँग टाँसिन चाहन्न। इलेक्सन पछाडि बहुमत पुगेन भने मिलेर सरकार बनाउने हो। तर, प्रि–इलेक्सन कांग्रेसको क्यारेक्टर होइन।’ आगामी निर्वाचनमा कांग्रेस एक्लै प्रतिष्पर्धामा जानुपर्नेमा जोड दिए। ‘कांग्रेस स्थानीय चुनाव पनि एक्लै लड्नुपर्छ। कांग्रेसले आम चुनाव पनि एक्लै लड्नुपर्छ,’ उनले भने, ‘स्थानीय र आम चुनाव दुइटै एक्लै लड्दा चुनाव लड्छ कसैसँग टाँसिएर लड्दैन। स्थानीय र आम दुबै एक्लै लड्नुपर्छ।’कांग्रेसका नेता तथा खानेपानी मन्त्री चौधरीले विजया दशमी दिपावली, नेपाल सम्बत तथा छठको अवसरमा आयोजना गरेको चियापान समारोहमा सिटौला, नेता थापा, भीमसेनदास प्रधान, नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्य, महिला संघका महासचिव धना खतिवडा, नेविसंघ महामन्त्री बलदेव तिमल्सिना, पूर्व गृह राज्य मन्त्री रामकुमार चौधरी, पूर्व स्वास्थ्य राज्यमन्त्री तारामान गुरूङ लगायत उपस्थित थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति