पाकिस्तानी पत्रकारले अफगानिस्तानका कप्तान नाबीलाई सोधेको यो प्रश्न

काठमाडौं, १३ कार्तिक । पाकिस्तान र अफगानिस्तानबीच शुक्रबार भएको टी–२० विश्वकपको रोमाञ्चक भिडन्तमा पाकिस्ताले बाजी मार्‍यो । खेलमा अफगानिस्तानले अन्तिमसम्म पनि आफ्नो पकड कायम राखेको थियो । तर पाकिस्तान ब्याट्सम्यान आसिफ अलीले अन्तिम ओभरमा चार छक्का हानेपछि सबथोक बदलियो ।

खेलपछि अफगानिस्तानका कप्तान मोहम्मद नाबीले प्रेस कन्फ्रेन्समा सञ्चारकर्मीहरुको प्रश्नहरु लिए । तर पाकिस्तानका एक पत्रकारको जवाफ उनले दिएनन् ।

पाकिस्तानका एक पत्रकारले सोधेका थिए, ‘सरकार बदलिएको छ, अवस्था फेरिएको छ, फर्किएर जाँदा सोधनी हुनेछ भन्ने डर छ रु नयाँ एरा सुरु भएको छ, पाकिस्तानसँग सम्बन्धन राम्रो छ र पाकिस्तानसँग राम्रो सम्बन्धको लाभ होला रु

मोहम्मद नाबीले यसको जवाफ दिन अस्वीकार गरे । उनले भनेका छन्, ‘के हामी त्यो प्रश्नलाई छोडेर क्रिकेटको मात्र कुरा गर्न सक्छौं रु’

‘यदि क्रिकेटको कुरा गर्न सक्छौं भने राम्रो हुनेछ । त्यो अवस्थालाई त्यही छाडौं, हामी यहाँ विश्वकपका लागि आएका हौं र पुरा तयारी गरेर आत्मविश्वासको साथ आएका छौं । क्रिकेटसँग जोडिएको प्रश्न छ भने भन्नुहोला ।’

पाकिस्तानी पत्रकारले फेरि सोधे, पाकिस्तानसँग सम्बन्ध राम्रो भएकोमा अफगानिस्तान टिमलाई भविश्यमा कति फाइदा होला रु नाबीले यसको पनि जवाफ दिएनन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति