विद्युतीय सवारी साधन प्रयोग गर्न ऊर्जामन्त्री भुसालको आग्रह

काठमाडौँ, १३ कार्तिक । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले विद्युतीय सवारी साधन प्रयोग गर्न आह्वान गरेकी छन् । मन्त्री भुसालले मुलुकको व्यापार घाटालाई कम गर्न, मुलुकको राष्ट्रिय अर्थमन्त्रीलाई आत्मनिर्भर बनाउन र स्वच्छ वातावरणसहितको समुन्नत राष्ट्र निर्माण गर्नका लागि पनि अब सबैले विद्युतीय सवारी साधनको प्रयोग गर्नुपर्ने स्पष्ट पारिन् । शनिबार ललितपुरको जावलाखेलबाट विद्युतीय सवारी साधन र्‍यालीको शुभारम्भ गर्दै उनले विद्युतीय सवारी साधन सबैभन्दा सस्तो हुने र त्यसका लागि आवश्यक विद्युत् मुलुकभित्रै पर्याप्त मात्रामा रहेको बताइन् ।

मन्त्री भुसालले पेट्रोलियम पदार्थको खरिदबाट मुलुकमा व्यापार घाटा हुने गरेको उल्लेख गर्दै त्यसलाई न्यूनीकरण गर्दै लैजान पनि विद्युत्बाट चल्ने सवारी साधनको प्रयोग आवश्यक रहेको स्मरण गराए ।‘विद्युत्मा हामी आत्मनिर्भर भएका छौं । र देशका सबै क्षेत्रमा चाहे घरायसी होस, चाहे उद्योग र यातायात क्षेत्रका लागि होस् । त्यसलाई दिने ऊर्जा हामीसँग छ । दोस्रो हाम्रो ठूलो व्यापार घाटा आयाजित पेट्रोलियम पदार्थको कारणले भएको छ । २ खर्ब रुपैयाँभन्दा बढी पेट्रोलियम पदार्थको आयात हुन्छ । ४० अर्बभन्दा बढी एलपी ग्यास आयात हुन्छ । यसलाई केवल विस्थापित गर्न सक्ने भनेको विद्युतीय ऊर्जा हो ।

त्यसैले यो असन्तुलित व्यापार घाटालाई कम गर्न र राष्ट्रिय अर्थतन्त्रको विकासमा योगदान पुर्‍याउन सबैले विद्युत् सवारी साधनको प्रयोग गरौं । र राष्ट्रिय अर्थतन्त्रमा योगदान गरौं ।

यो आफैंमा सस्तो छ,’ उनले भनिन् ।कार्यक्रममा बोल्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालभित्रै इनर्जीको खपत गर्न र नेपाललाई आत्मनिर्भर बनाउन विद्युतीय सवारी साधनको प्रयोग गर्न ढिलाइ गर्न नहुने स्पष्ट पारिन् । विद्युतीय सवारी साधन सञ्चालनका लागि सबै ठाउँमा चार्जिङ स्टेसनहरुको व्यवस्था हुने बताए ।र्‍यालीमा मुलुकलाई आत्मनिर्भर बनाउन, स्वच्छ वातावरणको निर्माण गरी मुलुकलाई समृद्ध बनाउन विद्युतीय सवारी साधन सञ्चालन गर्न उपयुक्त हुने खालको सन्देशसहितको प्लेकार्डहरु प्रदर्शन गरिएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति