काठमाडौं, १३ कार्तिक । प्रमुख प्रतिपक्षी दलका स्थायी कमिटी सदस्य एवम् संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले नेपाल बार एशोसियशनभित्र वकिलहरुबीचमा हात हालाहाल हुनु चिन्ताको विषय रहेको बताउनुभएको छ । शनिबार बानेश्वरस्थित ल्होत्से हलमा बसेको एमाले संसदीय दलको बैठकमा उपनेता नेम्वाङले यस विषयमा सर्वोच्च अदालतले सम्बोधन गर्नुपर्ने धारणा राख्नुभयो ।
नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले सर्वोच्च अदालतमा अहिले देखिएको समस्यामा राजनीतिक दलहरुले हस्ताक्षेप गर्न नहुने बताएका छन् । एमाले संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपनेता नेम्वाङले अहिलेको समस्या अदालतमा आफैंले समाधान गर्नुपर्ने बताएका छन् । कहिले काँही कतिपय अवस्थामा दलहरूले यति चाँही नगर्नुहोस् भनेर न्यायाधीशहरुलाई भन्नुपर्ने हुन्छ । कतिपय यस्ता कुरा (अहिले देखिएको समस्या0 अफ्ठ्यारो पारेको पनि हुनसक्छ । अहिले त्यस विषयमा चर्चा गर्न चाहिनँ, नेम्बाङले भने, हिलेको यो पृष्ठभूमिमा अहिलेको विषयको सन्दर्भमा अहिले न्यायपालिका आफैं एउटा निष्कर्षमा पुग्नुपर्छ ।
न्यायपालिका आफैंले समस्या समाधान गर्नका लागि पहल गर्नुपर्छ । न्यायपालिका यो विषयमा हामीले अर्थात् राजनीतिक दलले हस्ताक्षेप गर्नु हुँदैन यो विषय न्यायापालिकालाई छाडिदिनुपर्छ ।नेम्वाङकाअनुसार अहिले देखिएको समस्या अदालतको विषय हो र अदालतले त्यसलाई टुंगोमा पुर्याउनुपर्छ । अदालतले चाहँदा के कति सहयोग गर्नुपर्ने हो हामी सहयोग गर्दछौं, नेम्वाङले भने, अदालतको आन्तरिक मामिलामा हामीले हस्ताक्षेप गर्नुहुँदैन । यो विषयलाई अदालतले टुंग्याओस् । यसमा हाम्रो शुभकामना छ । इजलास बहिष्कार गर्ने र इजालसको विषयमा प्रश्न उठ्ने लागेको छ । यस विषयमा प्रवेश गर्दिन तर यो ज्याँदै गम्भीर विषय हो र त्यो अलिबढी हतार गर्नुपर्ने विषय हो । त्यसैले यो विषयलाई अदालतले चाँडोभन्दा चाँडो टुंगोमा पुर्याओस्, उनले भने । सम्बोधन गर्दै उप नेता नेम्वाङले अहिले अदालतमा देखिएको समस्या निकै दुस्खद भएको बताए । अदालतमा जे भएको छ त्यो एकदमै दुःखद छ । त्यसको निकास अदालतमा दिनुपर्छ, नेम्वाङले भने, यो लामो समयमा जानु हुँदैन । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायपालिकाका नेतृत्व गर्न नसक्ने भन्दै आएका सर्वोच्चका न्यायाधीशहरुले इजलासमा सहभागी भएका छैनन् । नेपाल बार एसोसिएसनले पनि प्रधानन्यायाधीश जबराको राजीनामा माग गरेको छ ।
प्रतिक्रिया