काठमाडौं, १३ कात्तिक– नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले अवसर पाएर पनि काम गर्न नसक्ने नेताहरूलाई पदमा दोहोर्याउन नहुने बताएका छन् ।
नेपाली काँग्रेस सुनसरी काठमाडौं सम्पर्क समितिद्वारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमा नेता सिंहले भने– ‘अहिले पार्टीको परम्परा नै मिचिएको छ । देश बनाउँछु बनेर अगाडि बढ्ने नेताहरुले आफ्नै पार्टीको अवस्था नाजुक बनाएका छन्,’ उनले भने, ‘ अवसर पाएर पनि काम नगर्नेहरुलाई दोहोर्याउनु हुन्न । यसले पार्टीलाई फाइदा गर्दैन ।’
प्रतिक्रिया