न्यायालयबारे गठबन्धनको साझा धारणा आउँछ : अध्यक्ष प्रचण्ड

काठमाडौँ, १३ कार्तिक । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले न्यायालयमा देखिएको समस्याबारे गठबन्धनका शीर्ष नेताहरु साझा धारणा बनाउने प्रक्रियामा रहेको बताएका छन् । उनले न्यायालयका बारेमा गठबन्धन दलको धारणा छिट्टै सार्वजनिक हुने पनि दाबी गरे ।‘न्यायालय र राजीनामाबारे मेरो व्यक्तिगत धारणाभन्दा गठबन्धनकै साझा धारणा सार्वजनिक गर्ने क्रममा छौं,’ सर्लाहीमा आयोजित कार्यक्रममा सहभागी हुन शनिबार जनकपुर पुगेका प्रचण्डले विमानस्थलमा सञ्चारकर्मीसित कुरा गर्दै भने,‘गठबन्धनका नेता अहिले कोही कता, कोही कता भएकाले बैठक बस्न ढिलो भएको छ । बैठकलगत्तै हामी आफ्नो धारणा बाहिर ल्याउँछौं ।’उनले न्यायालयमा देखिएको समस्या समाधान गर्ने दृष्टिकोणले नै हल गरिने बताए । ‘गठबन्धन स्मुथ्ली चलिरहेको छ । कुनै विवाद आएको छैन,’ उनले भने,‘दलहरुले आफ्नो राजनीतिक दायरा बढाउनु आफ्नो कुरा छ । तर गठबन्धनलाई असर गर्ने काम कतैबाट भएको छैन ।’
प्रतिपक्षीले दिनहुँ संसद् गतिरोध गर्दा केही समय पर सर्दा समस्या हल हुने भएकाले प्रतिनीधिसभालाई रोकिएको अध्यक्ष प्रचण्डलेबताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति