फूलखेतीलाई नगदे बालीको रुपमा अघि बढाउनुपर्यो–अर्थमन्त्री शर्मा

काठमाडौं, १२ कार्तिक । अर्थमन्त्री जनार्दन शर्माले पुष्प खेतीमा आत्मनिर्भर बन्नु पर्ने बताएका छन्। शुक्रबार ललितपुरमा १४औं गोदावरी पुष्प प्रदर्शनी २०७८ को उद्घाटन गर्दै उनले पुष्प व्यवसाय उत्पादनको क्षेत्रमा महत्वपूर्ण रहेको बताएका हुन्।कार्यक्रममा मन्त्री शर्माले भने ‘देशको अर्थतन्त्रमा टेवा पुर्याउने, व्यापार घाटामा योगदान गर्ने र देशलाई आत्मनिर्भर बनाउने अर्थमा पुष्प खेतीको अत्यन्त महत्व छ’, यसलाई बढी आम्दानी हुन सक्ने नगदे बाली वा खेतीको रूपमा यसलाई लिनुपर्छ, लिइरहेका छौँ।

’फूलमा मुलुक आत्मनिर्भर उन्मुख भएको बताउदै मन्त्री शर्माले अर्को वर्षदेखि आयात नगर्नुपर्ने गरी संकल्प गरेर अगाडि बढ्न आग्रह गरे। उनले केही प्रतिशत अन्य मुलुकबाट बर्सेनी फूल भित्रिरहेकाले आगामी वर्षदेखि आत्मनिर्भर हुने गरी पुष्प कृषक, व्यवसायी तथा सरोकारवालालाई संकल्प गर्न आग्रह गरेका हुन्।फ्लोरिकल्चर एशोसिएसनले बर्सेनी प्रदर्शन आयोजना गर्दै आएको गोदावरी पुष्प प्रदर्शनी यस वर्ष शुक्रबारदेखि सोमबारसम्म चल्ने बताइएको छ।

प्रदर्शनीमा गोदावरी पुष्पसँगै विश्वभर चलेका फुलहरू, पुष्प खेती गर्दा आवश्यक पर्ने औजार, मललगायत राखिएको फ्लोरिकल्चर एशोसिएसन नेपालका अध्यक्ष मिनबहादुर तामाङले बताए। अध्यक्ष तामाङले प्रदर्शनीको अवलोकन ३५ हजार बराबरले गर्ने अनुमान गरिएको जानकारी दिए। त्यस्तै ५० लाखभन्दा बढीको व्यापार हुने अपेक्षा गरिएको उनले बताए। अध्यक्ष तामाङका अनुसार आर्थिक वर्ष २०७६÷०७७ को प्रदर्शनीमा ७३ लाखको व्यापार भएको थियो। अघिल्लो वर्ष भने कोरोना महामारीका कारण प्रदर्शनी स्थगित भएको थियो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति