काठमाडौँ, १२ कार्तिक । लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेता तथा संसदीय सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्णले प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउनेबारे आफ्नो पार्टीले केही नसोचेको बताएका छन् । संसदमा प्रधानन्यायाधीशविरुद्ध महाभियोग ल्याउन आफूहरुसँग आवश्यक संख्या नै नभएकोले त्यतातिर नसोचेको उनले बताए ।
काठमाडौमा भएको एक कार्यक्रममा उनले राज्यको तीनवटै निकाय कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका पंगु भएको टिप्पणी गरे । उनले भने, ‘आज राज्य कहाँ छ भनेर खोज्नुपर्ने बेला आयो ।’ देशभरि बेमौसमी वर्षाले ठुलो क्षति भएको र किसानहरू मारमा परेको बेला कार्यपालिका पङ्गु बनेर बसेको उनको भनाइ छ ।उनले अदालत राजनीतिमा प्रवेश गरेकाले अहिले अदालतमा पनि राजनीति प्रवेश गरेको बताए ।
उनले अहिले अदालतभित्र देखिएको समस्याको समाधान कोर्टले नै गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘अहिले न्यायाधीशहरु भन्छन् प्रधानन्यायाधीशले छोड्नुपर्छ । वकिलहरू त्यही भन्छन् । एक जनाले छोड्दा सुधार आउँछ भने किन बसिरहने ? सुधार गर्नुपर्छ । जनताको बोली ठूलो कुरा हो ।’
प्रतिक्रिया