वाग्मती, १२ कात्तिक । वाग्मती प्रदेशका मुख्य न्यायाधिवक्ता ओमप्रकाश थपलियाले पदबाट राजिनामा दिएका छन् । उनले वाग्मती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजिनामा दिएका हुन् ।
नेकपा (एमाले)ले वाग्मती प्रदेशको नेतृत्व गर्दा मुख्य न्यायाधिवक्तामा नियुक्त हुनुभएका थपलियाले प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त भएपछि राजिनामा दिएका हुन् । एमाले संसदीय दलका नेता अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजिनामा दिएपछि थपलियाले पनि राजिनामा दिएका हुन् । विसं २०७६ साउन १२ गते तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलको सिफरिसमा उनी मुख्य न्यायाधिवक्तामा नियुक्त भएका थिए ।
मुख्य न्यायाधिवक्ता प्रदेश सरकारको कानूनी सल्लाहकार हुने व्यवस्था रहेकाे छ । उनले आफूले पाएको जिम्मेवारी प्रभावकारीरुपमा पूरा गरेको बताएका छन् ।
प्रतिक्रिया