कांग्रेसको कार्यवाहक सभापति उपसभापति निधिलाई

काठमाडौँ, १२ कात्तिक । नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति विमलेन्द्र निधिलाई दिइएको छ ।

सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका अवसरमा हुन गइरहेको वल्र्ड लिड्र्स सम्मेलनमा सहभागी हुन आज बिहान बेलायत प्रस्थान गरेपछि उपसभापति निधिलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको हो ।

उपसभापति निधिलाई नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ को उपधारा ९१३० बमोजिम पार्टी आफू स्वदेश नफर्कञ्जेलसम्मका लागि सभापति देउवाले उपसभापति निधिलाई कार्यवाहक सभापति तोक्नुभएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति