नेपाल बार परिसरमा वकिलहरूबीच घम्साघम्सी

काठमाडौं, १२ कार्तिक । नेपाल बार एशोसियशनमा वकिलहरूबीच हानाहान भएको छ । अधिवक्ता विराट न्यौपानेले भूमिनन्द चुडाललाई कुटपिट गरेका हुन् । चुडालले कानूनी प्रक्रियामा जाने बताएका छन् । उनका अनुसार मिडियालाई अन्तरवार्ता दिइरहेका बेला न्यौपानेले कुटपिट गरेका हुन् । ‘मैले इजलास नचल्दा सेवाग्राहीलाई सास्ती भयो भनेर अन्तर्वार्ता दिइरहेको थिएँ,’ उनले भने, ‘एक्कासि ममाथि कुटपिट भयो, बारकै इशारामा कुटपिट भएको आशंका छ ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति