प्रधानमन्त्री देउवा बेलायत प्रस्थान


काठमाडौं, १२ कात्तिक । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत प्रस्थान गरेका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्टकक्षमा गृहमन्त्री बालकृष्ण खाण परराष्ट्रमन्त्री नारायण खड्का, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, मुख्यसचिव शङ्करदास वैरागी, सरकारका उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुखले बिदाइ गरेका छन्।

नोभेम्बर १ र २ मा ग्लास्गोमा हुने संयुक्त राष्ट्रसंघीय संरचना महासन्धीको २६ औं सम्मेलनको वल्ड लिडर समिटका लागि प्रधानमन्त्री देउवा त्यसतर्फ गएका हुन्।आज प्रधानमन्त्री देउवा नेपाली प्रतिनिधिमण्डलको प्रतिनिधित्व गर्दै बेलायत गएका हुन्।उनले वल्ड लिडर समिटमा नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ।

उनी बेलायती प्रधानमन्त्री बोरिस जोनसनले सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा पनि सहभागी हुनेछन्।प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डलमा वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादवलगायत सरकारका वरिष्ठ पनि अधिकारी सहभागी छन्। प्रधानमन्त्री देउवा कात्तिक १८ मा स्वदेश फर्किने कार्यक्रम छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति