एमाले केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं, १२ कार्तिक । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ।बिहीबार स्थायी कमिटीले गरेका निर्णय अनुमोदनका लागि तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज केन्द्रीय कमिटी बैठक बस्ने भएको हो। बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।एमालेले पार्टीको महाधिवेशनमा आउने प्रतिनिधिबारे बिहीबार स्थायी कमिटीमा छलफल गरेको थियो।एमालेले मंसिर १० देखि १२ सम्म चितवनमा महाधिवेशन गर्दैछ।महाधिवेशनमा एक हजार पाँच सय ३६ जना महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन्।महाधिवेशन तयारीलगायत विषयमा आज केन्द्रीय कमिटी बैठकमा पनि छलफल हुने नेताहरूले बताएका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति