राजीनामा दिन्न, संसदीय विधि सामना गर्न तयार छु : प्रधान्यायाधीश जबरा

काठमाडौं, १२ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफू कुनै पनि हालतमा पद नछोड्ने बताएका छन् । उनले आफूलाई संविधानको विधि प्रक्रियाबाट हटाउन चुनौती दिएका छन् । एक टेलिभिजनलाई बिहीबार अन्तर्वार्ता दिँदै जबराले आफू विधिबाट आएकाले विधिको सामाना गर्न तयार रहेको उल्लेख गरेका छन् ।

‘म संवैधानिक विधि र प्रक्रियाबाट नियुक्त भएको पदाधिकारी हुँ । विधिअनुसार जान्छु । संसदीय प्रणाली र विधि र प्रणालीबाट सामान गर्न तयार छु । निरर्थक असत्य कुरालाई साथ दिन्न । न्यायापालिकालाई कमजोर बनाएर जाने कुरा मलाई स्वीकार छैन’, प्रधानन्यायाधीश जबराले भने ।
उनले आफू कसैको निगाहाबाट नियुक्त नभएकाले सडकमा प्रश्न उठ्दैमा नहट्ने बताए । ‘कसैको विचार र कुराबाट राजीनामा दिने छैन’, उनले भने । उनले सरकारमा मन्त्रीका लागि आफूले भाग नलिएको बताए । उनले संवैधानिक निकायमा कुनै पनि आफ्नो व्यक्ति नियुक्ति नभएको दाबी गरेका छन् ।

मन्त्री नियुक्तिको सन्दर्भमा पुष्पकमल दाहाल, माधवकुमार नेपाल र प्रधानमन्त्री शेरबहादुर देउवाले अन्य कसैको संलग्नता भएको छैन भनेको प्रसंग उल्लेख गरे । ‘राष्ट्रका यी व्यक्तिले भनेका कुरामा अविश्वास गर्नु त राज्यलाई असफल बनाउने र न्यायपालिकालाई असफल बनाउने प्रयास हो’, उनले भने । उनले कुनै पनि पार्टीले आफूप्रति महाभियोगको प्रस्ताव ल्याउने आफूले कल्पना पनि नगर्ने बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति