काठमाडौं, ११ कात्तिक ।सरकारले तीन मित्र राष्ट्रहरू भारत, अमेरिका र बेलायतका लागि नयाँ राजदूत सिफारिस गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले भारतका लागि डाक्टर शंकर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूत बनाउन सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए।यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि पहिलाका सरकारले राजनीतिक रूपमा नियुक्त गरेका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय भएको थियो।सिफारिस भएकाहरू संसदीय सुनुवाइबाट अनुमोदन भए उनीहरूलाई राष्ट्रपतिले राजदूत नियुक्त गर्ने व्यवस्था छ।
भारत, अमेरिका र बेलायतका लागि नयाँ राजदूत सिफारिस
प्रतिक्रिया