बझाङ, ११ कात्तिक । कात्तिक पहिलो बझाङको साता थलारा–४ डिक्लामा पहिरोमा परी बेपत्ता भएकाहरु भेटिने सम्भावना न्यून रहेको छ । आठ दिनसम्म लगातार खोजी गरेपनि शव नभेटिएपछि प्रहरीले खोजीकार्य बन्द गरेपछि भेटिने सम्भावन न्यून भएको हो ।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयूक्त टोलीले प्रयास गरेपनि बेपत्ता व्यक्ति भेटाउन नसकेको प्रहरी जनाएको छ । कातिकको पहिलो साता गएको पहिरोमा परि दुई परिवारका २३ जना बेपत्ता भएका थिए ।
बेपत्ता परेका मध्ये चार जनाको मात्र शव फेला परेको थियो भने दुई जनाको कम्मरभन्दा मुनिको भागमात्र भेटिएको थियो । घटना लगत्तै प्रहरी टोली हेलिकप्टरमा गएर खोजीकार्य अगाडि बढाएको थियो । आवश्यक प्रक्रिया पु¥याएर बेपत्ता सबैलाई मृत घोषणा गरिने प्रमुख जिल्ला अधिकारीले जनाएका छन् ।
प्रतिक्रिया