कार्तिक २९ गते सम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं, ११ कात्तिक । आज बिहीवार पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् बैठकमा अवरोध गरेको छ । दशैँपछि पहिलो पटक बसेको प्रतिनिधि सभाको बैठक सुरु हुनेबित्तिकै एमाले सांसदले नाराबाजी गरेका हुन् ।

पार्टी विभाजन गरेर एकीकृत समाजवादी पार्टी निर्माणमा सभामुख अग्नि सापकाेटाले भूमिका खेलेको आरोप लगाउँदै एमालेले भदौ २३ गतेदेखि संसद् बैठकमा अवरोध गर्दै आएको छ । पार्टीले कारबाही सिफारिस गरेका माधव नेपालसहित १४ जना सांसदलाई कारबाही गर्नुपर्ने माग राख्दै एमालेले अवरोध जारी राखेको हो । अवरोधकै बीच प्रधानमन्त्रीका तर्फबाट कानुन मन्त्री दिलेन्द्रप्रसाद बडुले प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । सभामुखले सांसदहरुको अनुपस्थितिको सूचना स्वीकृतिका लागि प्रस्तुत गरे । सांसद झलनाथ खनाल, कर्मा घले र प्रदीप गिरी बिरामी भएर १३ वटा बैठकमा अनुपस्थित भएको सूचना सभामुखले प्रस्तुत गरेपछि सभाले स्वीकृत गर्‍यो । संसद्को अर्को बैठक आउँदो २९ गते सोमवार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति