चरेससहित दुई पक्राउ

काठमाडौँ, ११ कात्तिक । काठमाडौँ महानगरपालिका–३२ नरेफाँटबाट दुई किलो ५०० ग्राम चरेससहित दुई व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका बालाजु बोहराटार बस्ने १९ वर्षीय युवराज स्याङ्बो र जुलावसिंह स्याङ्बो रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट गए राति खटिएको टोलीले जाँच गर्ने क्रममा उनीहरुको साथमा चरेस फेला पारेपछि पक्राउ गरिएको जनाइएको छ ।
यसैबीच सोही ठाउँस्थित सडकबाट १५० ग्राम गाँजा र ९०० ग्राम चरेससहित ललितपुर महालक्ष्मी नगरपालिका बस्ने २८ वर्षीय विवेक रुम्बा र काठमाडौँ महानगरपालिका–३२ जडीबुटी बस्ने ३४ वर्षीय अविनाश राजभण्डारीलाई समेत पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति