चार वर्षपछि प्रधानमन्त्री देउवा र मोदीबीच भेटवार्ता हुँदै

काठमाडौं, ११ कार्तिक। प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच स्कटल्याण्डको ग्लास्गोमा भेटवार्ता हुने भएको छ । ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी २६ औं सम्मेलन (कोप-२६)का क्रममा देउवा र मोदीबीच साइडलाइन वार्ता हुने पक्का भएको हो ।सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री देउवा शुक्रबार (भोली) स्कटल्याण्ड प्रस्थान गर्दैछन् । त्यहाँ हुने साइड लाइन वार्ताका लागि नेपालले गरेको आग्रह भारतले स्वीकार गरिसकेको प्रधानमन्त्री निकट स्रोतले बतायो । देउवा र मोदीबीच २०७४ सालयता भेटवार्ता भएको छैन ।जलवायु परिवर्तनसम्बन्धी सम्मेलन यही कात्तिक १२ गतेदेखि २६ गतेसम्म चल्ने छ । प्रधानमन्त्री देउवा भने १२ गते स्कटल्याण्ड गएर १८ गते नै स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको कार्यतालिकामा उल्लेख छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति