न्यायालयमा उत्पन्न परिस्थितिका कारण केही दिन सुनुवाइ स्थगित हुनसक्छ, धैर्यधारण गरौं : नेपाल बार

काठमाडौं, १० कार्तिक । नेपाल बार एशोसिएसनले न्यायालयमा पछिल्ला दिनमा उत्पन्न परिस्थितिका कारण केही दिन मुद्दा सुनुवाइ प्रभावित हुने भन्दै सर्वसाधारणलाई धैर्यधारण गर्न आग्रह गरेको छ । न्यायालयमा सुधार कार्य थालनी गर्न प्रधानन्यायाधीशको राजीनामा मागेको भन्दै बारले यसका लागि बार एशोसिएसन, न्याय तथा कानुनी क्षेत्रका व्यक्ति र सेवाग्राहीलगायत आम नागरिकको सहयोग चाहिने बताएको छ ।‘न्यायपालिकाको समग्र सुधारका अभियान सुरु गर्दा केही दिन पेशी सुनुवाइ स्थगित हुन सक्ने अवस्था देखिएको छ । अनपेक्षित तथा अनिवार्य परिस्थिति सिर्जना भएकाले न्यायका उपभोक्ता तथा समस्त सेवाग्राहीमा पर्न जाने असुविधाका लागि क्षमाप्रार्थी छौं’ महासचिव लीलामणि पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

बारले केही दिन धैर्यधारण गरी न्यायिक सुधारको कार्यमा सहयोग गर्न आग्रह गरेको छ ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मन्त्रिपरिषदमा र संवैधानिक नियुक्तिमा भागवण्डा लिएको, न्यायपालिकामा विकृति विसंगति बढ्दै गएको, न्याय क्षेत्रको नेतृत्व गर्न नसकेको भन्दै बारले उनको राजीनामा माग गरेको छ ।राजीनामा नदिए देशब्यापी आन्दोलन गर्ने भन्दै बारले अदालतमा बहस बन्द गरेको छ । सर्वोच्चका न्यायाधीशहरुले पनि प्रधानन्यायाधीशको राजीनामा माग गर्दै मुद्दा सुनुवाइ गर्न छाडेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति