अलमुताइरी नेपाल फर्किने पक्का, एन्फासँग नयाँ सम्झौता गर्न सहमत

काठमाडौं, १० कार्तिक । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाल फर्किने पक्का भएको छ । अलमुताइरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फासँग) नयाँ सम्झौता गर्न सहमत भएका हुन् । एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एसोसिएशन (क्यूएफए)पदाधिकारीसँगको भेटपछि आफू एन्फासँग नयाँ सम्झौता गर्ने निर्णयमा पुगेको अलमुताइरीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । आफूलाई नेपाल फर्काउनका लागि सहयोग गर्ने सबैलाई अलमुताइरीले धन्यवाद भनेका छन् ।
‘नयाँ मिसनमा सफलताको कामना गर्दछु । हामी हाम्रो लक्ष्य र आउँदो दुई वर्षको योजना छिट्टै प्रकाशित गर्नेछौँ, मेरो वाचा नेपाली फुटबलको भविष्य राम्रो हुनेछ तर हामीलाई समयमात्र चाहिन्छ’, अलमुताइरीले सामाजिक सञ्जालमा भनेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति