अहिले राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्नुहुन्छ, अरु कुरा समयले देखाउँछ – नेता बानियाँ

काठमाडौं, १० कार्तिक । बागमती प्रदेश, नेपाली काँग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले अब नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्री बन्ने बताएका छन् । बुधबार प्रदेशसभा बैठक सकिएपछि काँग्रेस नेता बानियाँले अबको मुख्यमन्त्री पाण्डे नै हुने बताए । तर, अरु कुरा (आलोपालो सरकारको नेतृत्व) समय आएपछि थाहा हुने उनको भनाइ थियो । उनले भने, ‘अब राजेन्द्र पाण्डे मुख्यमन्त्री हुनुहुन्छ, अरु कुरा समय आएपछि तपाईहरुले थाहा पाउनुहुन्छ, अहिले किन धेरै बोल्नु ?’ गठबन्धनबीच पाण्डे र बानियाँले आलोपालो प्रदेश सरकारको नेतृत्व गर्नेगरी सहमति भएको चर्चा चलिरहेको छ । काँग्रेस नेता बानियाँले प्रदेश प्रमुखबाट नयाँ सरकार गठनका लागि आह्वान हुनासाथ आफूहरुको गठबन्धनले पाण्डेलाई मुख्यमन्त्री बनाउने गरी सरकार गठनको दाबी गर्ने जानकारी दिए ।बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार राजीनामा दिएपछि नयाँ सरकार गठनको गृहकार्य सुरु भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति